दमक/ झापाको दमकस्थित सामुदायिक आम्दा अस्पतालमा लायन्स हाई केयर युनिटको भवन निर्माण हुने भएकोछ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वान अन्र्तगत आम्दा अस्पतालको आईसियुको माथिल्लो तलामा लायन्स हाई केयर युनिट बन्ने भएको हो ।
डिस्ट्रिक गर्वनर रेवतबहादुर कार्की र पुर्व गर्वनर लिलाबहादुर ढुंगेलले यसको संयुक्त रुपमा विधिवत रुपमा भवन निर्माणको शिलन्यास गरेकाछन् । आईतवार एक कार्यक्रमबीच माथिल्लो तलामा हाई केयर युनिटको भवन शिलन्यास गर्दै आम्दा अस्पतालमा यसभन्दा अघि पनि ईमरजेन्सि बनाएको स्मरण गर्दै समुदायको सेवाका लागि लायन्स क्लवहरु सधै हातेमालो गर्दै आएको बताए ।
ढुंगेलले यहाँका लायन्स क्लवहरुको सक्रियता र सामाजिक सेवाप्रतिको उत्तरदायित्वका कारण यो सम्भव हुन लागेको जनाउदै ३ महिनाभित्रमा काम सकिने बताए । उनले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य क्षेत्रमा सहयोग गर्नका लागि संरचना निर्माणमा जुटने सबैप्रति आभार प्रकट गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश शर्माले कोभिडको महामारीको समयमा लायन्सले आम्दा अस्पतालमा ईमरजेन्सि वार्ड बनाएर ठुलो सहयोग गरेको उल्लेख गरे । उनले अहिले फेरी यो कार्यले यहाँ दिईने सेवा सुविधा विस्तारमा टेवा पुग्ने बताए ।
लायन्स लिडर अजयकुमार अग्रवालको संयोजकत्वमा हाई केयर युनिट निर्माण शुरु भएको ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्यालले बताए । यहाँका क्लवहरुको सक्रियता र सेवाप्रतिको भावले गर्दा नै यो सम्भव भएको उनको भनाई थियो ।
रिजन चियर पर्सन रोशन बुढाथोकीले स्वागत मन्तब्य राखेको कार्यक्रम सञ्चालन अर्का रिजन चियर पर्सन दिवस राईले सञ्चालन गरेका थिए । कार्यक्रममा लायन्स लिडर तथा क्लव अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।



