जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी पत्नीलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ ।

सरकारबाट प्राप्त १० लाख रुपैयाँको चेक बिहीवार मगरकी पत्नी टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरूपमा हस्तान्तरण गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ADVERTISEMENT

गत २०७७ चैत १६ गते जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका मगरको परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको हो ।

मृतक परिवारलाई चेक हस्तान्तरण गर्दै प्रजिअ बाँस्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको बताए ।