नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ ।
गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा शुक्रवार राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद संख्या बढाउने प्रस्ताव बन्द सत्रमा पेश गर्ने निर्णय गरेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिटब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन् ।
ती निकायमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १/१, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।
शनिवार बिहान १० बजे बन्दसत्र शुरू गर्ने र शुरूमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबाट शुभकामना लिइने जनाइको छ ।
आउँदै गरेको निर्वाचनलाई ध्यानमा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ ।



