म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङमा च्याङ्‍ग्राको भुवालाई प्रशोधन गरी पस्मिना बनाउनका लागि भुवा सङ्कलन सुरु भएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको चराङमा नेपाल फाइबर प्रोसेसिङ प्रालिको सम्पर्क इकाइ कार्यालय स्थापना गरी च्याङ्ग्राको भुवा सङ्कलन थालिएको हो ।

नेपाली पस्मिना उद्योगीहरूले मुस्ताङको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको भुवा सङ्कलनबाट पस्मिना उत्पादनमा टेवा पुग्ने उद्योगी, व्यवसायीले अपेक्षा गरेका छन् । च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन) ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका किसानमा खुसियाली छाएको छ ।

भुवा सङ्कलन गरिँदा झरेर त्यत्तिकै खेर जाने वा कम मूल्य पर्ने च्याङ्ग्राको ऊनको सदुपयोग हुने, किसानले उचित मूल्य पाउने र पस्मिनाको कच्चा पदार्थ आयात प्रतिस्थापनमा सहयोग पुग्नेसमेत अपेक्षा गरिएको छ । निकै गुण भएको नेपाली च्याङ्ग्रा प्रजाति लोप हुनबाट जोगाउन, देशबाट निर्यात व्यापार गरी विदेशी मुद्रा आर्जन गर्न र देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन नेपाली पस्मिनाको उत्पादनका लागि भुवा सङ्कलन, प्रशोधन तथा विशुद्ध पस्मिना व्यवसाय गर्न मुस्ताङका च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको नेपाल पस्मिना उद्योग सङ्घले जनाएको छ ।

मुस्ताङमा उत्पादित च्याङ्ग्राको भुवा सङ्कलनका लागि चराङमा सङ्कलन केन्द्र स्थापनाका लागि किसानसँग छलफलका साथै विदेशी नागरिकसहित उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा पुगेर च्याङ्ग्रा तथा भुवाको स्थलगत अध्ययन, अवलोकन गरिएको नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगडले बताउनुभयो । उहाँले पस्मिना उत्पादनमा सक्रिय बेलायतका डेबिट ली जोनसहित आफूहरूको टोली मुस्ताङ पुगेर च्याङ्ग्राको भुवासहित समग्र अवस्थाको अध्ययन गरेर फर्किएको जानकारी दिनुभयो । मुस्ताङमा रहेको च्याङ्ग्राको भुवालाई प्रशोधन गरी विश्व बजारमा पुर्‍याउन पस्मिना उद्योग सङ्घमार्फत आवश्यक तयारी गरिएको छ ।

सङ्घले स्वदेशी कच्चा पदार्थ (ऊन) को प्रशोधन गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न मुस्ताङको चराङमा भुवा (ऊन) सङ्कलन केन्द्र स्थापना गरेको हो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलिया र चीनबाट ल्याउने पस्मिनाको कच्चा पदार्थ भुवाको विकल्पमा नेपालकै भुवा प्रशोधन गरेर धागो उत्पादन गर्न लागिएको बताउनुभयो । उहाँले डेढ करोड रुपैयाँको भुवा खरिद गरेर अहिले चराङको सङ्कलन केन्द्रमा राखिएको बताउँदै मुस्ताङ, डोल्पा, मनाङसहित नेपालको १५ वटा हिमाली जिल्लाबाट च्याङ्ग्राको भुवा सङ्कलन गर्न सकिने जानकारी दिनुभयो ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्‍ग्राको ऊन प्रशोधन गरेर बनाइएको धागो कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँ बराबरको पस्मिना निर्यात हुन्छ भने एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुने गरेको सङ्घले जानकारी दिएको छ । लोमान्थाङका च्याङ्‍ग्रा पालक किसान छिरिङवाङ्दी गुरुङले आफूहरूलाई च्याङ्ग्राको शरीरबाट भुवा निकाल्नका लागि ज्ञान, सीप, औजार तथा तालिमको आवश्यकता रहेको बताउनुभयाे ।

मुस्ताङका च्याङ्ग्राबाट मात्रै वार्षिक ३० टन जति भुवा निकाल्न सकिने नेपाल पस्मिना उद्योग सङ्घको अध्ययन टोलीले जनाएको छ । च्याङ्ग्राको फार्म तथा भुवाको स्थलगत अध्ययन गर्दा मुस्ताङको च्याङ्ग्रा स्वस्थकर देखिएकाले पस्मिनाको उत्पादन राम्रो तथा गुणस्तरीय हुने बेलायतका पस्मिना व्यवसायी डेबिट ली जोनले अनुभव सुनाउनुभयो । शरीरबाट भुवा निकाल्दा च्याङ्ग्रा पनि स्वस्थ हुने तथा किसानले परम्परागत तरिकाले गर्दै आएका च्याङ्ग्रापालन व्यवसायलाई आधुनिकीकरण गरेमा भुवा धेरै निकाल्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

नेपाल पस्मिना उद्योग सङ्घले मुस्ताङका किसानबाट च्याङ्ग्राको भुवा खरिद गरेपछि भुवाले अब सजिलै बजार पाउने र च्याङ्ग्रापालन व्यवसाय पनि फस्टाउने हुँदा स्थानीय उत्पादनको बजारीकरण हुने जनाएकाे छ । यसअघि मुस्ताङ–तिब्बत कोरला नाकामा दुई देशबीच अन्तरदेशीय व्यापार मेलामा मुस्ताङका किसानले वर्षमा जम्मा ६/७ हजार केजी मात्रै भुवा बिक्री गर्ने गरेका थिए । पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण चीनसँगको अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा दुई देशबीच व्यापार मेला हुन सकेको छैन ।

उच्च हिमाली क्षेत्रअन्तर्गत पर्ने मुस्ताङको तल्लो भेगमा स्याउ, आलु र फापरको खेती हुँदै आएको छ भने उपल्लो मुस्ताङमा पर्याप्त चरन क्षेत्र रहेकाले च्याङ्ग्रा, भेडा, याक र चौँरीगाई पाल्ने गरिएको छ । गएको आर्थिक वर्ष २०७७/०७८ सम्म मुस्ताङमा किसानले पालेका च्याङ्ग्राको सङ्ख्या ५२ हजार ५९ वटा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah