असोज ३१ देखि लगातार ४ दिन परेको बेमौसमी वर्षाले सेती नदीको बाढी बस्तीमा पसेर सिगास गाउँपालिका—५ को ढुंगाड बस्तीलाई उजाड बनाइदिएको छ । बस्तीको छेउमा कलकलाउँदै बग्ने सेती नदीले ढुंगाड सुन्दर देखिन्थ्यो । तर अहिले त्यही नदीले बस्तीलाई कटान गरेर कुरूप बनाएको छ । स्थानीयका घरवरिपरि बालुवा नै बालुवा छ । केही घरहरू भत्किने अवस्थामा छन् । उर्वर उत्पादन हुने त्यहाँका खेतमा पनि बालुवा भरिएको छ ।

सेती नदीको बाढी पसेर उजाड बनाएको गाउँमा अब बस्न नसकिने अवस्था रहेको स्थानीयको भनाइ छ । आफूहरूलाई गाउँबाट अन्त बासस्थानका लागि सरकारले पहल गर्नुपर्ने स्थानीय टेकबहादुर चन्दले बताए । ‘हामीलाई तटबन्ध पनि चाहिएको छैन । तार जाली पनि अब त अति भयो,’ उनले भने, ‘बस्न सकिने अवस्था नै छैन । अन्त सारी दिनुपर्‍यो ।’

सेती नदीको बाढी पसेर उजाड बनाएको गाउँमा अब बस्न नसकिने अवस्था रहेको स्थानीयको भनाइ छ । आफूहरूलाई गाउँबाट अन्त बासस्थानका लागि सरकारले पहल गर्नुपर्ने स्थानीय टेकबहादुर चन्दले बताए । ‘हामीलाई तटबन्ध पनि चाहिएको छैन । तार जाली पनि अब त अति भयो,’ उनले भने, ‘बस्न सकिने अवस्था नै छैन । अन्त सारी दिनुपर्‍यो ।’

पानी पर्ना साथ सेती नदीको बाढी बस्तीका खेतमा पस्ने गरेको गजेन्द्र धामीले बताए । खेतबारी बगरमा परिणत भएको उनले बताए । के खाने र कहाँ बस्ने चिन्ता रहेको उनले सुनाए । सानोतिनो बाँधले सेतीलाई रोक्न नसकिने भएकोले बस्ती सार्नु राम्रो हुने उनको भनाइ थियो । केही समयका लागि आफूहरूलाई खानाका लागि राहतको आवश्यकता नभए पनि ३/४ महिनापछि भोकमरी हुने संकेत उनले गरे ।

हालै ढुंगाड क्षेत्रको अवलोकनमा पुगेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आफूले सम्बन्धित निकायसंँग ढुंगाडवासीको मागलाई पुगाउने विश्वास दिलाए । देशका प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूको ढुंगाड भ्रमण भइसकेको अवस्थामा आफूले सक्दो पहल गर्ने उनले बताए । उनले स्थानीयले राखेको बस्ती स्थानान्तरणको मागबारे पनि पहल गर्ने बताए । तत्काल भएका समस्याहरूको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । बेमौसमी वर्षाले जिल्लाको क्षतिको विवरण संकलन भइसकेकोले आवश्यकताअनुसारको पहल र सहयोग गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah