१२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु हुँदैछ।

सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो। उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए। २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो। तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित बनेको बताउँछन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल। तर, अहिले बाघलाई बढाउनभन्दा पनि टिकाउन चुनौतीपूर्ण रहेको संरक्षणविद् बताउँछन्। यसको मुख्य कारण जलवायु परिवर्तन पनि हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तु प्रभावित छन्। राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रमा पानीका स्रोत सुक्दै गएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकाल जलवायुको असर निकुञ्जभित्र पनि देखिएको बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।