राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा परिवारमाथि देखाइरहेको आक्रोश रोकिएको छैन।

आइतवार बिहानै पूर्वाराजा शाहलाई लक्षित गर्दै आफ्नो पराजयको मुख्य दोष थोपरेका थापाले अब बुहारी हिमान शाहमाथि पनि आक्रोश पोखेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शाहले ट्विटरमार्फत राप्रपामा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापा रिसाएका हुन्।

अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123 लाई पनि हार्दिक बधाई तथा शुभकामना https://t.co/a8VzuFRWSr

— Kamal Thapa (@KTnepal) December 5, 2021

उनले हिमानी शाह१२३ ट्विटर ह्यान्डलबाट लिङ्देनलाई बधाई दिँदै गरेको ट्विटमा जवाफसहित रिट्विट गर्दै भनेका छन्, 'अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना!'

हिमानी शाह नामको उक्त ह्यान्डलबाट लिङ्देनलाई बधाई तथा कार्यसफलताको शुभकामना दिइएको थियो।

'अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना!', ट्विटमा भनिएको थियो, 'राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ।'

यसअघि थापाले ज्ञानेन्द्र शाहमाथि आक्रोश देखाउँदै उनकै कारण हार्न पुगेको निष्कर्ष निकालेका थिए। उनले निर्मल निवास र शाहलाई पनि आफूलाई हराएकोमा बधाई दिएका थिए।