दैलेखमा पछिल्ला दिनहरूमा लागुऔषधको कारोबारसँगै प्रयोग गर्ने युवाहरूको संख्या बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले एक साताभित्र पाँचजनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीनजना जिल्लाबाहिरका छन् भने दुईजना दैलेखकै युवाहरू रहेको जनाइएको छ। बिहीबार जिल्लाको नारायण नगरपालिका–९ साडु बस्ने २५ वर्षे टोपेन्द्र रावत र भगवतिमाई गाउँपालिका–१ बस्ने विनय थापालाई प्रहरीले पक्राउ गरेको हो। विनय थापा दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षका छोरा हुन्। जिल्ला प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहका अनुसार दैलेख सदरमुकामको पुरानो बजार क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुईजनाको खानतलासी गर्दा उनीहरूको साथबाट दुई सय ३८ ग्राम खैरो हिरोइन बरामद भएको हो। पक्राउ परेका दुईजनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत दैलेखबाट १० दिनको म्याद थप गरी हिरासतमा राखेको जानकारी दिएको छ। प्रहरीले तीन दिनअघि पनि लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा तीनजालाई पक्राउ गरेको थियो। बर्दियाको बासगढी नगरपालिका–२ का २६ वर्षीय विक्रम मल्ल, बाँकेको कोहलपुर नगरपालिका–१० हाई स्कुल चोक बस्ने २३ वर्षीय गणेश केसी र २६ वर्षीय हेमन्त साउँद ६९० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए। पक्राउ परेका तीनजनामध्ये एकजना प्रहरी नै रहेको बताइएको छ। उनीहरूको पनि १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
दैलेखमा बढ्दै लागुऔषध कारोबार, एक सातामा पाँचजना पक्राउ
सवालनेपालसंवाददाताशुक्रबार, २४ मङ्सिर २०७८

दैलेखमा बढ्दै लागुऔषध कारोबार, एक सातामा पाँचजना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## स्वास्थ्य

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



