काठमाण्डाै – नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म एक हजार मत गणना भएकाे छ ।

एक हजार मत गनिसक्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ४ सय ७३ मत पाउनु भएकाे छ ।

देउवालाई पछ्याइरहनु भएका डा.शेखर कोइरालाको ३ सय ७६ मत छ। यस्तै, प्रकाशमान सिंहले ९१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले ४९ र कल्याण गुरुङले ३ मत मात्र प्राप्त गर्नुभएकाे छ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । सभापतिमा जित्न २ हजार ३ सय ४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिका लागि तीन वटा ट्याङ्कीमा मत खसालिएको थियो । अहिले ती तीन वटै ट्याङ्की राष्ट्रिय सभागृहमा ल्याएर मतगणना भइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah