काठमाण्डाै – एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले याे जानकारी दिनुभएकाे हाे ।
आफूलाई काेराेनाकाे हल्का लक्षण देखिएकाे पनि बताउनुभएकाे छ । उपमहासचिव ज्ञवालीले आफ्नाे सम्पर्कमा आएकालाई पनि काेराेना परीक्षण गराउन आग्रह गर्नुभएकाे छ ।
‘चार/पाँच दिनदेखि मेराे नजिकमा रहनुभएका सबैलाई सावधानी अपनाउन, सुरक्षित रहन र कुनै लक्षण देखिएमा परीक्षण गराउन अनुराेध गर्दछु’, नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
https://twitter.com/PradeepgyawaliK/status/1470694539086098433?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1470694539086098433%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F62431%2F2021%2F12%2F14%2Fuml-leader-gyawali-tested-covid-19-positive










