बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा मंगलबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषद पुनर्गठन तथा कार्यविभाजन गरेका हुन् ।

प्रदेश सरकारमा घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, बसन्तप्रसाद मानन्धर खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, वसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छी मन्त्री, विशाल खड्का वन तथा वातावरण मन्त्री, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद मन्त्री र इन्द्रमाया गुरुङ कृषि तथा पशुपन्छी राज्यमन्त्रीका रुपमा नियुक्त गरिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नवनियुक्त मन्त्रीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् भने नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री पाण्डेले शपथ गराएका छन् ।