दमक/कांग्रेसको १४ औं महाधिवेशन पूर्व बिद्यार्थी नेताद्धय महामन्त्री पदमा निर्वाचित भएपछि झापाको गौरादहमा नेविसंघको स्थानीय नेतृत्वले दिप प्रज्वलन गरेर खुशीयाली बाँडेको छ ।
पार्टीमा निक्कै शक्तिशाली मानिएको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि बिहिबार साँझ डिपु चोकमा दिप प्रज्वलन गरिएको हो । पार्टीका प्रदेश सभा निर्वाचन क्षेत्र कका सभापति जीवन राईको प्रमुख उपस्थितिमा पार्टी तथा भातृ संघका नेता , कार्यकर्ताहरुले महाधिवेशनका क्रममा बनेका सबैखाले समुहहरुको अस्तित्व सकिएको र पार्टी नेतृत्व चुनिएको सन्देश दिदैं सो कार्यक्रम गरिएको बताइएको छ । महामन्त्रीमा निर्वाचित शर्माको गृह जिल्ला झापा हो । उनी नेविसंघका पूर्व केन्द्रीय सभापति पनि हुन । त्यस्तै महामन्त्री निर्वाचित थापा नेविसंघका पूर्व महामन्त्री हुन ।



