काठमाण्डाै – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताउनुभएको छ । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउनेबित्तिकै पार्टीले आवश्यक छलफल गरेर उहाँलाई जिम्मेवारी दिने पनि स्पष्ट पार्नुभयो ।

आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणासमेत राख्नुभयो । अहिलेलाई उहाँ नीतिगत रूपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहनुभएको पनि महासचिव पोखरेलले जानकारी दिनुभयो । उहाँले पार्टीका नेताहरूको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? भनेर सञ्चारकर्मीले प्रश्न गरेका थिए । त्यसको जवाफमा उहाँले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरूले यस्तो प्रश्न नै नगर्ने तर्कसमेत गर्नुभयो । एकसेएक नेताहरू भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भए पनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बुँदे सहमति गरेर आएका नेताहरूको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन । त्यस कारण उहाँको कार्य विभाजन केन्द्रीय कमिटीमा रहेन । हामीले गरेको नीतिगत निर्णयको सन्दर्भमा हेर्ने हो भने केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको छ । त्योभन्दा बाहेकको जिम्मेवारीको सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग परामर्शमा थप जिम्मेवारी दिने कुरा रह्यो । उहाँले जिम्मेवारी बहन गर्न तत्परता देखाउनुभयो भने हामी छलफलका लागि तयार छौँ ।

महासचिव पोखरलले संसद्को गतिरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरूको सूचना ननिकाल्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसद्को गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसद्को अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि बिजनेस संसदमा प्रवेश गर्न नसक्ने बताउनुभयो ।

महासचिव पोखरेलले राष्ट्रिय सभाको चुनावबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनुभयो । माधव नेपालहरूले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah