काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिक परिवर्तनमा भुमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरुलाई भेटेर सम्मान ब्यक्त गरेका छन्।

नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएको दोस्रो दिन शुक्रवार लोकन्थली पुगेर महामन्त्री शर्माले पार्टी तथा राजनीतिक परिवर्तनमा भुमिका खेलेका दुई घाइतेहरुलाई भेटेर सम्मान व्यक्त गरेका हुन्।

काभ्रे जिल्ला कात्तिके देउराली घर भएका दिपेन्द्र गिरी जो तत्कालिन समयमा शंकरदेव क्याम्पसको विद्यार्थी नेता थिए, उनी २०५८ सालमा माओवादीको आक्रमणमा परि मेरुदण्डको समस्या झेलिरहेका छन्।

उनलाई भेटेर विश्वप्रकाश शर्माले महामन्त्री हुनुमा त्यस्ता घाइतेहरुको पनि योगदान परेको भन्दै सम्मान गरेका हुन्।

शर्माले घाइते गिरीको घरमा पुगी खादा तथा मालाले सम्मान गर्दै आगामी दिनमा देशमा यस्तो द्वन्द्वको अवस्था आउन नदिने गरी राजनीतिमा सुधार गर्न समर्पित हुने बताए।

उनले कांग्रेसका सबै तहका नेताहरुले द्वन्द्वमा प्रताडना भोगेकाहरुलाई बिर्सन नमिल्ने बताए।

उनले भने, ‘नेपालको द्वन्दको कहिल्यै बिर्सन नसकिने अमिलो अध्यायको प्रतिनिधि पात्रको रुपमा दिपेन्द्रजी हुनुहुन्छ। कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापतिदेखि महामन्त्री, उपसभापति, सदस्यहरुदेखि देशभरिका वडा-वडातहसम्मका निर्वाचित साथीहरुले कहिले पनि के बिर्सन मिल्दैन भने दिपेन्द्रजीजस्तै द्वन्दमा अनेक ढंगले प्रताडना बेहोर्नुभएकाहरुलाई बिर्सन मिल्दैन। आज उहाँहरुको विजय भएको छ। शान्तिपूर्ण आन्दोलनबाट देशमा गणतन्त्र आएको छ। म उहाँलाई माला, खादा लगाउँदै गर्दा देशभरिका सबै द्वन्दमा त्यो प्रकारको प्रताडना बेहोरेका हरेक परिवारलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट सम्मान गर्न चाहन्छु र उहाँलाई छोएर मैले पार्टीको महामन्त्रीको रुपमा जिम्मेवारी सुरु गर्दैगर्दा उहाँलाई छोएर मैले सपथ लिँदैगर्दा यो अवस्था देशमा कहिल्यै नआउनेगरी राजनीतिमा सुधार गरेर, यो व्यवस्था ठिक छ। अवस्था बदल्ने कुरामा हामी समर्पित छौँ भन्न चाहन्छु।’

त्यसैगरी महामन्त्री शर्माले काभ्रे पुगेर ०६२/०६३ को जनआन्दोलनमा गम्भीर घाइते भएका जनआन्दोलनको जिउँदो सहिदको रुपमा चिनिने मुकेश कायस्थलाई पनि सम्मान गरे।

मुकेश कायस्थजस्ता राजनीतिक आन्दोलनमा घाइते हुनेहरुको अनुहारले आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने भएकाले आफूले सम्मान गरेको उनले बताए।

उनले पार्टीमा इमान्दार ढंगले काम गर्ने कसम पनि खाए। उनले भने– ‘मुकेश कायस्थ, अर्थात जिउँदो सहिद। मुकेश कायस्थ अर्थात् लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न रगत बगाएको योद्धा। मजस्तो राजनीतिकर्मीलाई आफ्नो जिम्मेवारी बुझ्न र बाटो नबिराउन घच्घचाउने अनुहार। आज नेपाली कांग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभूति गर्न र इमान्दार ढंगले कार्य गर्न म उनै मुकेश कायस्थ र अनि मुकेशलाई जन्मदिने माता पितालाई छोएर सपथ खान आएको छु।’

सो अवसरमा घाइते कायस्थका आमाबुबाले महामन्त्री शर्मासमक्ष विभिन्न राजनीतिक परिवर्तनमा सहिद हुनुहुनेको परिवार र घाइते तथा घाइतेको परिवारलाई राज्यले अपमान गर्ने गरेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah