काठमाडौं । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दीको निधन भएको छ।

कारागारमा उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा बि.स. २०७५ साउन १७ मा राजविराज कारागारका कारागारका निमित्त जेलर सन्दीप कुमार देवले जानकारी दिनुभयो ।

कैदी बन्दी खतिवडालाई अचानक हृदयाघात भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक कैदीको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ।

सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।