चिसो बढेसँगै दार्चुलाको व्यास गाउँपालिका १ छाङरु र तिंकरका स्थानीयवासी सदरमुकाम खलंगा झरेका छन् । आफ्ना पशुचौपायसहित स्थानीयवासी सदरमुकाम खलंगा झरेपछि छाङरु र तिंकर गाँउ मानवविहीन बनेको छ ।

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने एकजना चौकीदार राखेर स्थानीयवासी सदरमुकाम झरेका हुन । छाङरुभन्दा तिंकरमा बढी चिसो हुने र हिमपात हुने भएपछि हिँउदको समयमा गाउँ मानवविहीन हुने गरेको छ । नेपाल तर्फबाट बाटो नभएपछि भारतीय पक्षको अनुमति लिएर दुई गाँउका स्थानीय भारतको बाटो हुँदै खलंगा झरेको स्थानीय योगेश बोहराले बताए ।

तीन हजार २ सय मिटर उचाइमा रहेको दुई गाउँका स्थानीयवासी ६ महिना छाङरु तिंकर र ६ महिना जिल्ला सदरमुकाम खलंगामा बस्दै आएका छन् । कालापानी क्षेत्रनजिकै रहेको छाङरु गाउँ हेर्नका लागि स्थानीयले राइसिंह ऐतवाललाई चौकिदारको जिम्मा दिएका छन् । स्थानीयले गत वर्ष पनि ऐतवाललाई चौकीदार तोकेका थिए ।

गाउँनजिकै गत वर्षबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि बसेको छ । सुरक्षाकर्मी भएपछि गाउँमा रहेका घर रेखदेख गर्न सहज भएको चौकिदार ऐतवालले बताए । उनले भने, ‘भारतसँग खुला सीमा भएका कारण तस्करी हुने हुँदा चौकीदार बस्नुपथ्र्यो । तस्करहरुले गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो, तर प्रहरी चौकी स्थापना भएदेखि त्यस्तो अवस्था आएको छैन ।’

बिहान, दिउँसो र रातिको समयमा सबैको घर–घर पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिने गरेको उनले सुनाए । तीन वर्षदेखि चौकीदार बस्दै आएका ऐतवाललाई गत वर्षबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म र नेपाल प्रहरीको चौकी पनि छाङरुमै बसेपछि सहज भएको छ ।

स्थानीयवासी कात्तिकको दोस्रो सातादेखिनै खलंगा झर्ने गर्दछन् । छाङरुमा १२० र तिंकरमा ६५ घरधुरी रहेका छन् ।

छाङरुमा चौकीदार राखेको भए पनि चीनको सीमानजिकैको दार्चुलाको उत्तरी क्षेत्रको तिंकर गाउँ भने मानवविहीन बस्ती बनेको स्थानीय योगेश बोहराले बताए । तिंकरको छायालेकमा नेपाल प्रहरीको चौकी छ । चिसो बढेसँगै प्रहरीचौकी पनि कात्तिकमै छाङरु झरेको छ ।

यस ठाउँमा हिँउदमा चारदेखि ६ फिटसम्म हिउँ पर्छ । यस क्षेत्रमा तापक्रम माइनस १६ डिग्रीसम्म झर्ने गर्दछ । गाउँका सबै सदरमुकाम झरेपछि वडा नम्बर १ को कार्यालयले पनि सदरमुकामबाटै सेवा प्रवाह गर्ने गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah