काठमाडौं । कैलालीको जानकी गाउँपालिका-९ मा घाँटी रेटिएको अवस्थामा एक युवकको शव भेटिएको छ । स्थानीय २५ वर्षीय अरुण दास हत्या गरिएको अवस्थामा शनिबार दिउँसो जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी वेद जोशीले जानकारी दिए ।

उनका अनुसार स्थानीय अमरावती सामुदायिक वनमा दासको शव भेटिएको हो । ‘जंगलमा युवकको शव भेटिएको छ, घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिन्छ’, डीएसपी जोशीले भने, ‘घटनास्थलमा कुकुरसहित प्रहरी परिचालन गरिएको छ ।’

घटनास्थल सुरक्षित गरेर अनुसन्धान थालिएको उनले बताए । अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय (कैलाली), सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआईटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन गरिएको छ ।

शनिबार बिहान घरबाट निस्किएका अरुणलाई अपराह्न ४ बजे जंगलमा मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अरुणका आमाबुवा भारतमा बस्ने गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah