काठमाडौं। कुकुर र बाँदरबीच केही समयदेखि ग्याङ वार हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । महाराष्ट्रको बीडमा बाँदर र कुकुरबीच ग्याङ वार चलिरहेको छ । यो ग्याङ वारमा अहिलेसम्म करिब ८० वटा कुकुरका छाउराको मृत्यु भइसकेको छ ।

गाउँलेहरुका अनुसार पहिले कुकुरले बाँदरको बच्चा मारिदिएका थिए । त्यतिबेलादेखि यिनीहरुबीच लडाइँ सुरु भएको हो । गाउँलेहरुका अनुसार विगत ३ महिनामा बाँदरले कैयौं कुकुरका बच्चा मारिदिएका छन् । कुकुर र बाँदरबीचको झगडाले पूरै गाउँ त्रासमा छन् । गाउँलेहरुले यसको सूचना वन विभागलाई दिएका छन् ।

पाँच हजार जनसंख्या भएको यो गाउँमा मानिसहरु बाँदर आतंकबाट हैरान छन् । बाँदरले सडकमा हिँडिरहेका मानिसलाई पनि आक्रमण गरेका छन् । वन विभागले केही बाँदरहरुलाई समातेको छ तर गाउँलेहरुले यसको ठोस समाधान निकाल्नु जरुरी भएको बताएका छन् । गाउँलेका अनुसार बाँदरको समूह कुकुरको बच्चा खोज्दै आउँछ र उठाएर लिएर जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय