कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।

भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।

सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ ।