काठमाडौ‌ । रक्षामन्त्रीबाट डा मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो । राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नुहुने भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।

चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको रिजालले बताउनुभएको थियो ।