काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।
स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आउनुभएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारमा रहेकाे काठमाण्डाै मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी फरार रहेका छन् ।
https://twitter.com/rishikeshdahal/status/1473154255645130752?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1473154255645130752%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F62722%2F2021%2F12%2F21%2Fteacher-beaten-in-rr-campus










