राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डसँगै बहुतले भवन बनिरहेको छ । ‘द नेक्स्ट एजुकेसन कनसल्टेन्सी प्रा.लि’ले बनाउन लागेको सो भवन अनुमति विपरित बनाउन लागिएको छ । थोरै तलाको अनुमति लिएर धेरै तला बनाएपछि त्यसबारे अख्तियारमा उजुरी परेको छ ।

द नेक्स्ट कन्सल्टेन्सीको सो भवन १२ आना जग्गामा बनिरहेको छ । कन्सल्टेन्सी संचालक सालीग्राम भण्डारी र सन्ध्या उप्रेती भण्डारीलाई महानगरपालिकाले ६ तला मात्र बनाउन अनुमति दिएको छ । तर, ६ तलाको नक्सा पास गरेर ८ तला उठाउँदा पनि महानगरपालिकाले अनुगमन र नियमन गरेको छैन ।

महानगरपालिकाका कर्मचारीसँगको मिलेमतोमा भण्डारी दम्पतीले भवन बनाइरहेको आरोप छ । नक्सा पास गर्दा खाली राख्नुपर्ने भनेर रेखाङ्कन गरेको भागमा पनि कन्सल्टेन्सीले खाली छाडेको छैन ।
भवन निर्माण गर्दा नियम मिचेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकालाई सोधेको छ । द नेक्स्ट कन्सल्टेन्सीको निर्माणाधीन भवनबारे उजुरी परेको अख्तियारका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘नक्सा बमोजिम काम नगरेको भनेर उजुरी परेको छ, आवश्यक कारवाहिका लागी हामिले काठमाडौं महानगरपालिकालाई लेखेर पठाएका छौं ।’

महानगरपालिकाले नक्सा पास गरेको भन्दा बढी तला उठाएको भनेर जवाफ दिएको छ । भवन निर्माण मापदण्ड अनुसार ६० प्रतिशभ भुभागमा मात्र भवन बनाउनुपर्छ बाँकी ४० प्रतिशत छाड्नुपर्छ । तर, सो कन्सल्टेन्सीले सो मापदण्ड पनि लत्याएको आरोप छ । यसबारे सम्पर्क गर्न खोज्दा कन्सल्टेन्सी संचालक सालीग्राम भण्डारी सम्पर्कमा आउन चाहेनन् ।

महानगरको भवन निर्माणमा भ्रष्टाचार
काठमाडौं महानगरपालिकाले टेकुमा बनाउन लागेको भवनमा ठेक्का लगाउँदा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ । आयोगले महानगरका निर्देशक भैरवबहादुर बोगटीसहित ५ जना कर्मचारीविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

समानान्तर निर्माण सेवाले लिएको सो ठेक्का मेयर र प्रशासकीय अधिकृतलाई मनाएर अनुमानित लागत बराबरकै मुल्यमा ठेक्का हात पारेको बताइएको छ । अख्तियारले गरेको अनुसन्धानमा ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा त्रुटी रहेको भेटिएको छ । महानगरका निर्देशक बोगटीसहित खरिद इकाइ प्रमुख उप–निर्देशक बखतबहादुर साउद, उप निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायीलाई छनौट गरेको खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah