सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
इसाइ धर्मावलम्बीले शनिबार क्रिसमस पर्व मनाउँदैछन् । क्रिसमस २५ डिसेम्बरमा विश्वभरिका क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्छन् । धार्मिक सहिष्णुता कायम भएकाले अन्य धर्मावलम्बीहरुले पनि यो दिनलाई पर्वको रुपमा मनाउने गर्छन् ।
नेपालमा पनि पछिल्लो समय क्रिसमस भव्यताका साथ मनाउन थालिएको छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि सबै जातजाती र धर्मले मनाउने चाड पर्वको महत्व बढ्न थालेको छ । विश्वभरी यो दिन हर्षोल्लासका साथ मनाइन्छ । तर यो मनाउने परम्परा विश्वमा फरक– फरक खालको छ ।



