दमक/ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १० औं महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक हिजो ( शनिबार) गृह जिल्ला झापा आएका छन ।
काठमाडौंबाट विराटनगर , उर्लाबारी हुँदै अध्यक्ष ओली शनिबार विर्तामोड पुगेका हुन । विर्तामोडमा नेकपा एमाले झापाले अध्यक्ष ओलीलाई अभिनन्दनसहित महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेताहरुलाई सम्मान गरेको छ । सो अभिनन्दन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा कुनै पनि दलले एमालेसंग एक्लै चुनावी प्रतिस्पर्धा गर्ने हिम्मत राख्न नसक्ने उल्लेख गरे । उनले एमाले विरुद्ध गठबन्धन गर्ने दलहरु पत्तासाफ हुने दाबी गरे ।

अध्यक्ष ओलीले चुनावपछि परिणाम देखेर अन्य दल चुनाव भन्ने बित्तिकै सात कोष टाढा भाग्ने पनि बताए । सोपछि अध्यक्ष ओलीले विर्तामोडमा भएको एमाले सम्बद्ध अनेरास्ववियुको केन्द्रिय सचिवालय बैठकलाई सम्बोधन पनि गरे । त्यस अघि उनले मोरङको उर्लावारी स्थित मदन भण्डारी स्मृती प्रतिष्ठानको २० औ साधारण सभा पनि उदघाटन गरेका थिए । आइतबार दमक ३ मा निर्माण गरिएको भ्यू टावरको पनि स्थलगत निरिक्षण गरेर अध्यक्ष ओलीले जनता आवास कार्यक्रम अन्तर्गत सो वडामा निर्मित ३३ वटा घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिए । ति दुवै कार्यक्रमको आयोजकको रुपमा दमकको ३ नम्बर वडा कार्यालय रहने पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय