धनकुटामा शनिबारदेखि जिल्ला स्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिग तथा बी डिभिजन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता आगामी ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिताले युवाको प्रतिभाको संरक्षण हुने बताए। उनले फुटबलको विकासको लागि नगरपालिकाले काम गरिरहेको बताए।

ए डिभिजन सुपर लिगमा छ टीमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० टीमको सहभागिता रहेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए। धनकुटा फुटबल संघमा १७ टीम आवद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लव सहभागि नभएको राईले जानकारी दिए।

प्रतियोगितामा ए डिभिजन सुपर लिगको विजेताले ४० हजार र उप विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन भने बी डिभिजन नकआउट फुटबल प्रतियोगिताका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै, बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता ए डिभिजन सुपर लिगमा बढुवा हुने छ भने ए डिभिजन सुपर लिगको अन्तिम हुने टीममा बी डिभिजनमा घटुवा हुने धनकुटा फुटबल संघका महासचिब गोपाल लिम्बूले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय