काठमाण्डाै – नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले नयाँ विचार लिएर नवजीवन पाओस् भनेर शुभकामना दिनुभएको छ ।

माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उहाँले विगतका कैयौँ आन्दोलनको उपलब्धि रक्षा गर्न र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न माओवादी केन्दित हुनपर्ने बताउनुभयो । विश्व चर्चित आन्दोलनबाट आएको माओवादीले नागरिकका कैयौँ प्रश्नको सम्बोधन गर्नुपर्ने मैनालीको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माओवादीले एउटा लक्ष्यको लागि आन्दोलन गरे पनि अर्कै बाटो समातेकाले आम नागरिकमा नमेटिने गरी जिज्ञासा उठेको मैनालीले बताउनुभयो ।

‘माओवादीले लिएको लक्ष्यलाई केले अपहरण गर्‍याे, या त्यो लक्ष्य नै गलत थियो, अब माओवादीले जवाफ दिनुपर्ला’, मैनालीले भन्नुभयो ।