एजेन्सी । दिल्लीमा ओमिक्रोनको नयाँ संस्करणको कोरोनाको बढ्दो केस बीच केजरीवाल सरकारले ठूलो निर्णय गरेको छ । सोमबारदेखि राजधानीमा रात्रि कर्फ्यू लागु भएको छ । राति ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यु लागु हुनेछ । दिल्लीमा ७९ जनामा ​​ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

दिल्लीको स्वास्थ्य विभागका अनुसार दिल्लीमा २९० नयाँ कोरोना संक्रमित भेटिएका छन् । कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सरकारका अनुसार कोरोना पोजिटिभ दर ०.५५ प्रतिशत पुगेको छ । योसँगै कुल सङ्ख्या १४ लाख ४३ हजार ३५२ पुगेको छ ।

विभागीय तथ्याङ्क अनुसार दिल्लीमा मृत्यु हुनेको संख्या २५ हजार १०५ पुगेको छ । दिल्लीमा सक्रिय कोरोना केसहरूको संख्या १,१०३ छ, जसमध्ये ५८३ बिरामीहरू होम आइसोलेसनमा छन् । ओमिक्रोन भाइरसको खतराको बीचमा पछिल्ला केही दिनहरूमा केसहरूको संख्या बढेको छ । आर्थिक न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय