विपुल शर्माले भारतीय क्रिकेटबाट संन्यास लिएका छन् । पञ्जाब किंग्स र सनराईजर्स हैदराबादबाट आईपीएल खेलिसकेका विपुलले अमेरिकाबाट क्रिकेट खेल्न संन्यास लिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाबाट क्रिकेट खेल्न विपुलले भारतीय क्रिकेटबाट संन्यास घोषणा गरेका हुन् । आईपीएल खेले पनि उनले भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा भने डेब्यू गर्न पाएनन् ।

विपुलले घरेलु क्रिकेटमा भने धेरै टिमबाट खेलिसकेका छन् । विपुलले ५९ प्रथम श्रेणी क्रिकेटमा १७ अर्धशतकसहित ३०१२ रनका साथै १२६ विकेट लिएका छन् । विपुलले २००५ मा पञ्चाबका लागि प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए । घरेलु क्रिकेटमा उनले पञ्जाब, हिमाञ्चल प्रदेश र सिक्किमबाट खेलिसकेका छन् ।

संन्यासपछि विपुलले इन्स्टाग्राममा लेखेका छन्, ‘म २५ वर्षदेखि खेलिरहेको छु, मलाई विश्वास लागिरहेको छैन आज यो दिन पनि आउनेछ भनेर। अन्तत यो दिन आएर छोड्यो । अहिलेसम्म मलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद । अब म परिवारसँग समय बिताउने छु । साथै, अमेरिकामा क्रिकेट पनि खेल्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय