इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो ।
लिभरपुलको १९ खेलबाट ४१ अंक छ । उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले पछि रहेको छ । नवौँ स्थानमा उक्लिएको लेस्टर सिटीको १८ खेलबाट २५ अंक भएको छ ।
मंगलबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले नर्विच सिटीलाई ३–० तथा वेष्ट ह्यामले वाट्फोर्डलाई ४–१ ले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले १–१ को बराबरी खेलेका छन् ।



