मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारसम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।

सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । खड्काका अनुसार सवारी सुचारु गर्ने गरि हिउँ पन्छाउन अझै केहीदिन लाग्नेछ । मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्री पुग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah