युरोपमा क्लब फुटबलको सरुवा बजार जनवरी १ देखि खुल्दैछ । यसकारण खेलाडीहरूको स्थान्तरण चर्चा सुरु भइसकेको छ । बार्सिलोनाले त फेरान टोरेसलाई अनुबन्धन नै गरिसकेको छ । क्याट्लन क्लबले इंग्ल्यान्डको म्यानचेस्टर सिटीबाट टोरेसलाई भित्र्याएको हो । तर बार्सिलोना यतिमै नरोकिने भएको छ । पछिल्लो खबर अनुसार बार्सिलोनाले अल्भारो मोराटालाई अनुबन्धन गर्ने इच्छा राखेको बताइएको छ । गोल डटकमका अनुसार बार्सिलोना मेम्फिस डिपेलाई बेचेर मोराटा खरिद गर्न चाहन्छ । मोराटा हाल युभेन्टसमा छन् । उनी एट्लेटिको मड्रिडबाट ‘लोन’मा इटालियन क्लब गएका हुन् । मोराटा सेप्टेम्बर, २०२० देखि युभेन्टसमा छन् । त्यहाँ उनले जुन, २०२२ सम्मका लागि सम्झौता गरेका छन् । तर सम्झौता सकिनु ६ महिनाअघि नै उनी स्पेन फिर्ता हुने हल्ला छ । यही मौका छोपेर बार्सिलोनाले रियल मड्रिड तथा चेल्सीका पूर्वस्ट्राइकर मोराटालाई अनुबन्ध गर्न चाहेको हो । मोराटा बार्सिलोनासँग अनुबन्धित हुँदा डिपे भने बाहिरिने छन् । डिपेलाई युभेन्टस पठाएर मोराटा भित्र्याउने दाउमा बार्सिलोना छ । तर युभेन्टसले डिपेबारे निर्णय लिइनसकेको बताइएको छ ।
डिपेलाई बेचेर मोराटा खरिद गर्ने योजनामा बार्सिलोना
सवालनेपालसंवाददाताशुक्रबार, १६ पुस २०७८

डिपेलाई बेचेर मोराटा खरिद गर्ने योजनामा बार्सिलोना
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##खेलकुद

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



