काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप २३५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराएका ९ हजार ८४ नमूनामा सो संख्यामा संक्रमण देखिएको हो।

७ हजार ८८५ नमूनाको पीसीआर र ११ सय ९९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट २२४ र एन्टीजेनबाट ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ। यस्तै शुक्रबार थप २१२ जना डिस्चार्ज भएका छन्।

२४ जनाको भेन्टिलेटरमा र ८९ जनाको आइसीयूमा उपचार भइरहेको छ। यस्तै, २२८ जना संस्थागत आइसोलेसनमा र ४ हजार ६५१ जनाको होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा ४८ सय ७९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा १ लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah