पूूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशाला चोक नजिकै करीब ३० वर्षीय युवा मृत फेला परेका छन् ।

अक्षर संकेत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका–१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।

शनिवार साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्रहरी बिटका सशस्त्र प्रहरीले घाइतेलाई शुभस्वस्तिक अस्पताल बर्दिवास पुर्‍याएका थिए ।

अस्पतालका चिकित्सकले घाइतेको मृत्यु भइसकेको पुष्टि गरेपछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने तयारी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मृतकका परिवारजन सम्पर्कमा आइसकेका र अब घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक सिंहले बताए ।