नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरुहुँदै छ । टिमको नयाँ प्रशिक्षकको रुपमा पुबुदु दशानायके काठमाडौं आइपुगेपछि पहिलो पटक बन्द प्रशिक्षण शुरुहुन लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा विहान १० बजेपछि शुरुहुने बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षक दशानायकेसँग सल्लाह गरेर ३० जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियोे । प्रशिक्षक नआउँदै क्यान र खेलाडीबीचको सुरु भएको विवादको गुत्थी नसुल्झिएकाले आजको बन्द प्रशिक्षणमा तोकिएको संख्या भन्दा थोरै खेलाडीहरु उपस्थित हुने सम्भावना रहेको छ ।

क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारबाही गरेको थियो । मल्ल र ऐरीको क्रमस कप्तान र उपकप्तान पद खोसेको छ भने चारै जना खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा शुरुको ६ महिना अर्थात जुनसम्म सहभागी नगराउने निर्णय बोर्ड बैठकबाटै गरेको छ ।

कारबाही गरेपछि मुख्य प्रशिक्षक दशानायकेले चारै खेलाडीलाई समेटेर ३० जनाको प्रारम्भिक सूची क्यान मार्फत सार्वजनिक गराएका थिए । चार जना खेलाडीलाई कारबाही गरिए पनि खेल्न भने क्यानले कुनै प्रतिवन्ध लगाएको छैन् । नयाँ कप्तानको रुपमा क्यानले सन्दीप लामिछानेलाई नियुक्त गरिसकेको छ ।

तर, चार जना खेलाडीलाई गरिएको कारबाही प्रकरणका कारण अहिले खेलाडीहरु गुटमा विभक्त भएका छन् । जसका कारण मल्ल र ऐरी पक्षका केही खेलाडीहरु क्यानले शनिबारका लागि रिर्पोटिङ गर्न दिएको समयमा सम्पर्क नगर्ने खेलाडीको संख्या १४ पुगेको छ ।

बन्द प्रशिक्षणका लागि रिपोर्टिङ नगर्ने १४ खेलाडीहरु :

ज्ञानेन्द्र मल्ल

दीपेन्द्रसिंह ऐरी

सोमपाल कामी

कमलसिंह ऐरी

विनोद भण्डारी

रोहित कुमार पौडेल

कुशल भुर्तेल

बिक्रम शोब

करण केसी

सुशन भारी

सन्दीप जोरा

नन्दन यादव

अविनाश बोहोरा

कुशल मल्ल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah