स‍र्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिका-३ बयलबासमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ ।

सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किएकाे हाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा ईश्वरपुर नगरपालिका-१० घर भएका २२ वर्षका अरुण सिंह, २० वर्षका श्रगम विक र २२ वर्षका रोहन सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो।

गम्भीर घाइते भएका तीनै जनालाई अस्पताल मलङ्गवा पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए।

मृतक तीनै जना एउटै मोटरसाइकलमा रहेका प्रहरीले जनाएकाे छ।