काठमाण्डाै - सौर्य एअरलाइन्सबाट प्रहरीले ५० लाख रुपैयाँ बरामद गरेको छ ।

हिजो दिउँसो एक बजेर ५५ मिनेटमा विराटनगरबाट काठमाण्डौ उडान गरेको सौर्य एअरलाइन्सको उडान नम्बर ७२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जाँच गर्दा स्रोत नखुलेको ५० लाख रुपैयाँ फेला पारेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई प्राप्त गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रङ्गका झोला जाँच गर्दा झोलाभित्र रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनमा एक हजार दरको ४ हजार ९ सय ५० र पाँच सय दरका सय वटा नोट गरी ५० लाख रुपैयाँ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

फेला परेको रकम सङ्कलन गर्न आउने एअरलाइन्सको कार्यालय सहयोगीका रुपमा कार्यरत रेशा शाक्य पोखरेललाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।