काठमाडौँ । अण्डालाई प्रोटिनको निकै राम्रो स्रोत मानिने गरिन्छ। अण्डाको सेवन गर्दा निकै फाइदा हुने गर्छ। दिनमा दुई वटा अण्डाको सेवन गर्दा तौल घटनुका साथसाथ रातो रक्त कोशिकामा सुधार पनि आउने गर्छ।तर अण्डा खान नजान्दा त्यसले हाम्रो स्वास्थ्यलाई फाइदा हैन हानी पनि पुर्याउने गर्छ । आज हामी तपाईलाई अण्डाका केही नोक्सानका बारेमा जानकारी दिदैछौँ।

आउनुहोस् जानौँ के के छन् अण्डाका नोक्सान ?

अण्डामा एक ब्याक्टेरिया पाइने गर्छ। जसलाई साल्मोनेला भनिन्छ। यो कुखुराबाट आउने गर्छ। यदी तपाईले अण्डालाई हाम्रोसँग नपकाएर खानुभयो भने यो शरीरमा जानसक्छ। जसले तपाईको स्वास्थ्यलाई निकै हानी पुर्याउँछ। अण्डालाई राम्रोसँग नपकाएर खाँदा कयौँ समस्या देखिन सक्छन्। जस्तै वान्ता हुनु, छाती दुख्नु वा पेट दुख्नु।

त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्यलाई नराम्रो असर पर्ने गर्छ। अण्डामा प्रोटिनको मात्रा निकै अधिक हुने गर्छ। त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृगौलामा असर गर्ने गर्छ। साथसाथै यसले मृगौला ड्यामेज पनि गराउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय