काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।

आज बुधवार नेता कोइरालाले काठमाण्डाैमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट चुनावमा उठेका नेताहरूको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ? त्यसकाे कुरा जान्न चाहेको भनी सभापति देउवालाई प्रश्न गर्नुभएको हो । उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

काेइरालाले भन्नुभयो, ‘पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनाेट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै काम बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।’

उहाँले पार्टीका निष्ठावान्, इमानदार र त्यागी नेता, कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस सङ्गठनमा निराशा पैदा भए आउँदा चुनावहरू असहज हुन सक्ने उहाँको भनाइ छ ।

नेता कोइरालाले आउँदाे तीन वटै तहको चुनावमा नेपाली कांग्रेस एक्लै उठ्ने बताउनुभयो । कांग्रेसलाई एक्लै उठाएर विजयी बनाउने उहाँले बताउनुभयो ।

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रूपान्तरणको सन्देश बोकेर जनताको बीचमा जाने पनि उहाँले उल्लेख गर्नुभयो ।

नेता काेइरालाले आफ्नो समूह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसङ्गत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो ।

काठमाण्डाैकाे एक होटलमा नेता कोइराला पक्षका नेताहरूको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समीक्षा गर्नुका साथै आउँदा कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah