नारायण हिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्व राजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । प्रदर्शनी उद्घाटन गर्दै सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘अन्य ऐतिहासिक सामग्री पनि प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।’

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोगगर्ने सामग्री प्रदर्शनीमा राख्नेक्रममा बग्गी राखिएको जानकारी गराउनुभयो।

उहाँले स्वर्गीय राजा वीरेन्द्रले विसं. २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गर्नुभएको बताउँदै शाहकालीन राजपरिवारले प्रयोग गरेको अन्य सामग्रीहरू पनि चरणबद्ध रुपमा प्रदर्शनीमा राखिने जानकारी गराउनु भयो । विसं. २०६५ फागुन १५ देखि नारायण हिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो । नारायणहिटी हत्याकाण्डमा मृत्यु भएका राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन प्रदर्शनीमा राखिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah