काठमाडौँ, २३ पुस। तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएकाे छ। पाँच दिनको अवधिमा त्यहाँ ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिने भएकाे हाे।

तुलसीपुर उपमहानगरपालिकाले सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने जनाएको छ। बिहीबारसम्म गरिएको परीक्षणका क्रममा शिक्षक, विद्यार्थी, कर्मचारी र स्वास्थ्यकर्मीसहित ४० जनामा काेराेना भाइरस संक्रमण देखिएपछि सूचना प्रकाशित गरेर उपमहानगरपालिकाले पुस २५ गतेदेखि लागु हुने गरी विद्यालय बन्द गर्ने जनाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तुलसीपुर उपमनपाकाे शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीका अनुसार तुलसीपुर ८ मा रहेको माध्यमिक विद्यालय अश्वारका पाँच जना शिक्षक र ६ जना विद्यार्थीमा संक्रमण देखिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ। कुनै समय कोरोना संक्रमण शून्यमा झरेको पालिकामा पाँच दिनकै अवधिमा ८४ जनामा संक्रमण देखिएको छ।-File Photo