मध्यम गतिका बलर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मीले सोमबार कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्यटिङ गरेको त्रिभुवन आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको हो । ११७ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.४ ओभरमा सबै विकेट गुमाएर ५३ रनमात्र बनाउन सक्यो । जितेन्द्रले चार ओभरमा १५ रन दिएर चार विकेट लिएका थिए । जितेन्द्रले शीर्ष क्रमका ब्याट्सम्यानलाई चाँडै पवेलियनको बाटो देखाएपछि कर्णाली प्रदेशका कुनै पनि ब्याट्सम्यानले लामो साझेदारी गर्न सकेनन् । जितेन्द्रलाई सुशन भारी र शाहब आलमले समान दुई विकेट लिएर साथ दिए । साविक विजेता त्रिभुवन आर्मीका सोमपाल कामी र बिक्रम सोबले एक एक विकेट लिए । कर्णालीका अर्जुन घर्तिले सबभन्दा धेरै १६ र ओपनर रविन्द्र शाहीले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसअघि राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुको बर्चश्व रहेको त्रिभुवन आर्मीका लागि कप्तान विनोद भण्डारीले सबभन्दा धेरै २९ रन बनाए । हरि चौहानले २० तथा रोहितकुमार पौडेल र कुशल मल्लले समान दश रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनिङमा गएका सोमपाल कामीले ९, सुशन भारीले ८, राजेश पुलामीमगरले २, बिक्रम सोबले एक रन बनाउँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णाली प्रदेशका प्रकाश जैशीले तीन, अनुज चुनाराले दुई तथा दिनजेश अधिकारी र रविन्द्र शाहीले एक एक विकेट लिए ।
जितेन्द्रको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मीको सानदार जित
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

जितेन्द्रको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मीको सानदार जित
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##खेलकुद

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



