रियालिटी टेलिभिजन सो नेपाल आइडलको टपटेनवाट , बालकुमारी, ललितपुरकी केन्जल मेहर श्रेष्ठ बाहिरिएकी छिन्। शुक्रबार प्रसारण भएको कार्यक्रममा डेन्जरजोनमा प्रमिला राई,उल्सन श्रेष्ठ र केन्जल मेहर श्रेष्ठ परेका थिए । दर्शकको कम भोट पाएको भन्दै केन्जललाई आउट भएको घोषणा गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली दर्शकका लागि एसएमएसबाट र विदेशमा रहने दर्शकका लागि एपबाट शुक्रबार मध्याह्नसम्म गरिने भोटिङमा सबैभन्दा कम भोट पाउने प्रतिस्पर्धीवाट उनि बाहिरिएकी हुन् । २२ वर्षीया केन्जल मेहर श्रेष्ठ बाहिरिँदा जज र प्रतिस्पर्धीहरुसमेत भावुक भएका थिए।

हरेक हप्ता एक-एक जना प्रतिस्पर्धी आउट हुँदै टप थ्रीमा पुगिसकेपछि नेपाल आइडल छान्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धा हुन्छ।

केन्जल मेहर श्रेष्ठ ठेगाना :बालकुमारी, ललितपुर उमेर :२२ वर्ष शिक्षा :स्नातक (अध्ययनरत) सिलु जोशी र करणराज कार्कीसँग सांगीतिक ज्ञान हासिल गरेकी उनी बुवा र म्युजिक इन्स्टिच्युटका कारण संगीत क्षेत्रमा आएको बताउँछिन् । नेपाल आइडलजस्तो प्रतिष्ठित प्रतियोगिताको उत्कृष्ट१० सम्म आइपुग्नुलाई ठूलो उपलब्धि मानेकी उनको लक्ष्य भने जित्ने नै रहेको थियो ।

संगीतप्रति आफ्नो लगाव र मेहनतका कारण यो उपलब्धि हासिल गरेको उनको भनाइ छ । सुक्मित गुरुङ, एड्रियन प्रधान, सबिन राई र अभया सुब्बाको स्वर मन पराउने केन्जल पनि पप र रक गीतकी पारखी हुन् ।