दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले क्रिकेटबाट सन्यास लिएमोरिसले दक्षिण अफ्रिकाका लागि चार टेस्ट, ४२ एकदिवसीय र २३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।३४ वर्षीय मोरिसले सन् २०१२ मा जिम्बावेविरुद्धको टि-२० खेलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अन्तिम टि-२० अन्तर्राष्ट्रिय सन् २०१९ मा श्रीलंकाविरुद्ध खेलेका थिए । माेरिसले टि-२० अन्तर्राष्ट्रियमा १ अर्धशकसहित १३३ रन बनाउँदा ३४ विकेट हात पारेका छन् । उनले सन् २०१३ पाकिस्तानविरुद्ध पहिलो र सन् २०१९ मा अस्ट्रेलियाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । माेरिसले एकदिवसीय अन्तर्राष्ट्रियमा १ अर्धशतकसहित ४६८ रन बनाउँदा ४८ विकेट लिएका छन्। उनले सन् २०१६ मा पहिलाे र अन्तिम टेस्ट सन् २०१७ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । यसैगरी माेरिसले टेस्टमा १ अर्धशतकसहित १७३ रन बनाउँदा १२ विकेट हात पारेका छन् । का छन् । उनले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सबै फर्म्याटकाे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। अब माेरिसले दक्षिण अफ्रिकाको घरेलु क्लब टाइटन्सको प्रशिक्षकका रूपमा काम गर्ने समेत जनाएका छन् ।
क्रिस मोरिसले लिए क्रिकेटबाट सन्न्यास
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

क्रिस मोरिसले लिए क्रिकेटबाट सन्न्यास
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##खेलकुद

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



