नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन अराजक बन्न थालेको छ ।

आन्दोलनरत विद्यार्थीले कलेज सञ्चालकको ‘शवयात्रा’ गरेका छन् ।

विराटनगर महानगरपालिका–४ वडा कार्यालय छेउबाट ‘शवयात्रा’ निकालेर शंख बजाउँदै गएका विद्यार्थीले मेडिकल कलेज परिक्रमा गरेका थिए ।

कलेज परिसरभित्र ‘शवयात्रा’ परिक्रमा गराएर विद्यार्थीले मुख्य गेटमा आएर रुँदै शवको पुत्ला जलाएका छन् ।

कलेज परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको छ । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाइएपछि पीडित बनेका विद्यार्थी गत पुस १० गतेदेखि आन्दोलन गरिरहेका छन ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै २ दिनपछि पुस १४ गतेदेखि पठनपाठनमा रोकेको थियो ।

कलेजमा रहेका १०० विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतका, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको छ ।

आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah