रसुवामा ६ वर्षीया बालिकामाथि ज’बरज’स्ती क’रणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाइएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफ्नो घरको कोठामा लगी क’रणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए ।

पीडितको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धानका पश्चात् पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । प्राप्त प्रमाणहरूको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी ललाई फकाई आफ्नो कोठामा लगी ज’बरज’स्ती क’रणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् ।भट्टराईले मुलुकी संहिता २०७४ को दफा २१९ को उपदफा (१) र (२) र उपदफा (३) को देहाय (क) बमोजिम कसुर गरेको ठहरिएको जनाइएको छ । उक्त कसुर बापत प्रतिवादी भट्टराईलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को देहाय (क) बमोजिम जन्म कै’दको फैसला गरिएको रसुवा अदालतले जनाएको छ ।

त्यसैगरि सोही संहिताको दफा २१९ को उपदफा (३) (क) को (यौ’न हिं’सा वि’रुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८) देहाय (क) बमोजिम प्रतिवादीलाई ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ । भने पी’डितलाई सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्ति बापत ५० हजार भट्टराईने भएको छ । त्यसैगरि अ’पराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम प्रतिवादी भट्टराईले २८ सय कोषमा बुझाउनुपर्ने रसुवा जिल्ला अदालतले जनाएको छ ।
फैसलापछि सञ्चारकर्मीसँगको कुराकानीमा पीडित बालिकाको आमाले न्याय पाएको महसुस गरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah