काठमाडौँ । कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि सरकारले एक महिने आदेश जारी गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो। कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको अवस्थामा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सरकारले एकमहिने आदेश जारी गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आदेशमा आगामी माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरू एक पटकमा २५ जनाभन्दा बढी भीड नहुने गरी सञ्चालन गर्नुपर्नेलगायत विषय समावेश छन्।

सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न पनि आदेशमा भनिएको छ।

कलेज तथा स्कुलको नियमित पठनपाठन भर्च्युअल माध्यमबाट गर्न प्रोत्साहित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको स्रोतले जानकारी दिएको छ।