झापा । सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ । अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिने र माघ २४ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने भने जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्राचार गरिसकेको छ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर खोपको डोज लगाइनेछ ।