झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती पौने ९ बजे मेचीनगर नगरपालिका- ९ मा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ज ५ प १७३१ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ५४ वर्षीय करण बहादुर खडकालाई ठक्कर दिएको थियो । घाइते खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यस्तै बाह्रदशी गाउँपालिका ६ मा शनिवार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प ९५३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना हुँदा बिर्तामोड- ६ का २० वर्षीय अभिसेक सुन्दासको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।



