प्रदेश २ को राजधानी तोक्न प्रदेशसभामा मतदान शुरु भएको छ । प्रदेश २ को राजधानीको विषयमा तीनवटा प्रस्ताव मतदानका लागि तय गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रतिनिधित्व गरेका दलहरूको तर्फबाट संयुक्त रूपमा प्रस्ताव पेश भएपछि जनकपुरधाममा मतदान प्रक्रिया सुरु भएको हो ।

जसमा पहिलो प्रस्ताव जनकपुरधाम हो। यसका प्रस्तावकहरु परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह रहेको जनाइएको छ । दोस्रो प्रस्ताव वीरगंज हो। यसका प्रस्तावक सिंगासन सा कलवार छन्। तेस्रो प्रस्ताव वीरंगज महानगरपालिकाभरि रहेको छ, जसको प्रस्तावक राजेश्वर प्रसाद शाह छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी प्रदेशको नामाकरणका लागि पनि आजै मतदान हुनेछ। प्रदेश नामाकरणका लागि चारवटा प्रस्ताव तोकिएको छ।