प्रधानमन्त्रीकप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ। मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमतीमाथि ५१ रनको प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। पुलिसको जितमा पवन सराफ र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दा ऐरीको जादुमय बलिङमा बागमती निरीह रह्यो। सराफले ५४ बल खेल्दै ३ चौका र ३ छक्काको सहयोगमा ५९ रन बनाएका थिए। त्यस्तै दीलिप नाथले ३१ रन बनाउँदा अनिल साहले २५ रन बनाए। त्यस्तै आरिफ शेखले १२ रनको योगदान दिए। समग्रमा २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो। बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान २–२ विकेट लिएका थिए। १५६ रनको लक्ष्य पछ्याएको बागमतीका लागि मध्यक्रम खराब ब्याटिङको सिकार भयो। अदिल खानले २७ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीको गतिलो प्रदर्शन रहेन। पछिल्लो क्रममा रहेका रिजन ढकाल र १७ तथा रामनरेश गिरीले २२ रन बनाउँदै अविजित फर्किदा बागमतीले पुरै ओभर खेल्ने सकेको थियो।
बागमतीलाई निरीह बनाउने क्रममा ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा १० रन दिएर ५ विकेट हात पार्दा सागर ढकालले २ तथा आरिफ शेखले १ विकेट लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय